३ आश्विन २०८३, शनिबार | September 20, 2026

कुँवर परिवारद्वारा मानव सेवा आश्रममा खाना तथा खाद्यान्न सहयोग



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ निवासी दिनेश कुँवर, सीता कुँवर र प्रदीप कुँवरले तिलोत्तमास्थित मानव सेवा आश्रममा रहेका ७५ जना आश्रित व्यक्तिलाई खाना खुवाउनुको साथै खाद्यान्न तथा फलफुलसहितका सामग्री हस्तान्तरण गरेका छन् ।

दिनेशकी आमा स्व। छमकला खत्रीको १३ दिनको पूण्यतिथिमा घरमा गरिने पूजाआजाको खर्च कटाएर आश्रममा आश्रित व्यक्तिको सहयोगका लागि यस्तो योजना बनेको कुँवर परिवारले जनाएको छ ।

आमाको स्मृतिमा आश्रममा विभिन्न क्षेत्रबाट न्याय नपाएका नागरिकलाई गरिएको मानवसेवामा थोरै सहयोग पुराउने उदेश्यले यस्तो कामको थालनी गरिएको सहयोगी दिनेश कुँवरले बताए ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका उनले छोरा प्रदीपलाई मानव सेवाका प्रतिवद्ध बनाउन अगाडि सारेको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दिनेशकी श्रीमति सीता कुँवरले मानव सेवा आश्रममा अनाथहरुलाई गरेको ठूलो उद्दारमा साथ दिनका लागि पारिवारिक सल्लामा आफूहरु आएको बताउँदै गाउँसमाजमा गरिने खर्चहरु कटाएर यस्तो महत्वपूर्ण सेवामा लागेकाहरुलाई साथ दिन लगाउने प्रतिवद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : २६ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब