३० बैशाख २०८१, आइतबार | May 12, 2024

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ



सुर्खेत । हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी क्षेत्रका हवाइ कम्पनीले समयमै चामल ढुवानी नगर्दा हुम्लामा समस्या भएको छ । स्थल मार्गसँगै हवाइ मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न सात महिनाअघि सम्झौता भएको थियो ।

समिट र ताराले यहाँको खाद्यान्न ढुवानीको जिम्मेवारी लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले बताए । आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको उनको भनाई छ ।

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५ क्वीन्टल खाद्यन्न मात्र ढुवानी भएको कार्यालयले जनाएको छ ।

सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्वीन्टल ढुवानी गरेको उनले जानकारी दिए ।

यस्तै, नेपालगञ्जदेखि २ हजार क्वीन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्वीन्टल मात्रै आइपुगेको छ । त्यसैगरि पैदल मार्गबाट ४ हजार क्वीन्टल खाद्यन्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्वीन्टल खाद्यन्न ढुवानी भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : १४ बजे

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट