१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रास्वपाका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए ।

उनीहरुको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार रास्वपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : ५४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन