२२ भदौ २०८३, सोमबार | September 7, 2026

चुनावमा जीत हासिल नभएपछि माओवादी ललितपुर संयोजक र सचिवले दिए राजीनामा



काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

‘ललितपुर जिल्लामा पार्टीको उपमहासचिव र पोलिटब्युरो सदस्य प्रदेशमा उठनु भएको थियो । तर, काठमाडौं उपत्यकाभित्र माओवादीको पनि राम्रै प्रभाव भएको पनि जिताउन सकिएन,’ कट्टेलले भने, ‘गठबन्धनवाट पनि राम्रो मत नआएपछि नैतिकताको आधारमा राजिनामा दिएका हौं, ।’ उनले प्रदेश संयोजक सरल सहयात्रीलाई राजीनामा बुझाएर पार्टी पुनर्गठनका लागि नयाँ ढंगले जानका लागि आफूहरुले भूमिका खेल्ने जनाएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पनि पराजित भए  ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ०९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा