४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतका प्रख्यात रामकथा वाचक मोरारी बापु रुपन्देही पुगे, भोली देखि लुम्बिनीमा रामकथा



बुटवल । बुद्ध जन्मस्थलमा लुम्बिनीमा हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका प्रख्यात रामकथा वाचक मोरारी बापू रुपन्देही आइपुगेका छन् ।

विशेष चार्टर विमानमा आज मध्यान्ह भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय बाबालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्दीन खान, सिके गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान लगायतले स्वागत गरेका थिए ।

श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा भोलिदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुँदैछ ।

प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । माघ २१ गतेदेखि हुने भनिए तापनि प्राविधिक कारणले तीन दिन सरेको कार्यक्रम संयोजक राजेश कुमार अग्रवालले बताए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको