२५ माघ २०८२, आइतबार | February 8, 2026

आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म काश्मिरी जनतालाई सहयोग जारी राख्ने पाकिस्तानको प्रतिवद्धता



काठमाडौं । पाकिस्तानले काश्मिरका जनताले आत्मनिर्णयको अविभाज्य अधिकार प्राप्त नभएसम्म उनीहरुलाई सबै सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

काश्मिर एकता दिवसको सन्दर्भमा सन्देश दिँदै पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले आफ्ना कश्मीरी दाजुभाइ तथा दिदीबहिनीहरूलाई पाकिस्तानको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको दोहोर्याएका हुन् ।

काश्मिर एकता दिवसको सन्दर्भमा नेपालस्थित पाकिस्तानी दूतावासमा आयोजित छलफल कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अल्वीको सन्देश पढेर सुनाइएको छ ।

अल्वीले आत्मनिर्णयको अधिकारको लागि न्यायसंगत संघर्षमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।
यस्तै आफ्नो सन्देशमा प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले संयुक्त राष्ट्र संघको बडापत्र रसुरक्षा परिषद्को प्रस्ताव अनुसार कश्मीरी जनताको वैधानिक र अपरिहार्य आत्मनिर्णयको अधिकारको प्राप्ति नभएसम्म पाकिस्तानको ऐक्यबद्धता रहिरहने दोहोर्याए ।

प्रधानमन्त्री शरीफले सैन्य घेराबन्दी र सञ्चार नाकाबन्दी तत्काल हटाउनका साथै भारत नियन्त्रित जम्मु काश्मिरमा भारतको गर्दै आएको गैरकानूनी र एकपक्षीय कार्यहरू खारेज गर्न माग गरेका छन् । उनले मनमानी ढंगले पक्राउ परेका र गैरकानूनी रूपमा थुनामा रहेका सबैलाई रिहा गर्न आग्रह समेत गरेका छन् । विदेश मन्त्री बिलावल भुट्टो जरदारीले भारत नियन्त्रित काश्मिर लगातार भारतीय सैन्य घेराबन्दीमा रहेको कुरा बताए । दूतावासका चार्ज डी अफेयर्स उमैर अलीले लामो समयदेखि चलिरहेको विवाद राष्ट्र संघको संकल्प प्रस्तावको स्मरण गर्दै ती संकल्पहरू पुरा नगर्दा त्यहाँका जनताको धेरै पुस्ताले गम्भीर अन्याय, पीडा भोगेको र यसबाट सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको बताए ।

कार्यक्रममा सहभागीहरूले कश्मीरमा मानवअधिकारको बिग्रँदोे अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनीहरुले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय राजनीतिक र सुरक्षा स्थितिमा सुधार हुनुपर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा पत्रकार, लेखक र विश्लेषकहरू साथै मानव अधिकारकर्मीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ११ : १८ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै