२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म काश्मिरी जनतालाई सहयोग जारी राख्ने पाकिस्तानको प्रतिवद्धता



काठमाडौं । पाकिस्तानले काश्मिरका जनताले आत्मनिर्णयको अविभाज्य अधिकार प्राप्त नभएसम्म उनीहरुलाई सबै सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

काश्मिर एकता दिवसको सन्दर्भमा सन्देश दिँदै पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले आफ्ना कश्मीरी दाजुभाइ तथा दिदीबहिनीहरूलाई पाकिस्तानको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको दोहोर्याएका हुन् ।

काश्मिर एकता दिवसको सन्दर्भमा नेपालस्थित पाकिस्तानी दूतावासमा आयोजित छलफल कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अल्वीको सन्देश पढेर सुनाइएको छ ।

अल्वीले आत्मनिर्णयको अधिकारको लागि न्यायसंगत संघर्षमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।
यस्तै आफ्नो सन्देशमा प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले संयुक्त राष्ट्र संघको बडापत्र रसुरक्षा परिषद्को प्रस्ताव अनुसार कश्मीरी जनताको वैधानिक र अपरिहार्य आत्मनिर्णयको अधिकारको प्राप्ति नभएसम्म पाकिस्तानको ऐक्यबद्धता रहिरहने दोहोर्याए ।

प्रधानमन्त्री शरीफले सैन्य घेराबन्दी र सञ्चार नाकाबन्दी तत्काल हटाउनका साथै भारत नियन्त्रित जम्मु काश्मिरमा भारतको गर्दै आएको गैरकानूनी र एकपक्षीय कार्यहरू खारेज गर्न माग गरेका छन् । उनले मनमानी ढंगले पक्राउ परेका र गैरकानूनी रूपमा थुनामा रहेका सबैलाई रिहा गर्न आग्रह समेत गरेका छन् । विदेश मन्त्री बिलावल भुट्टो जरदारीले भारत नियन्त्रित काश्मिर लगातार भारतीय सैन्य घेराबन्दीमा रहेको कुरा बताए । दूतावासका चार्ज डी अफेयर्स उमैर अलीले लामो समयदेखि चलिरहेको विवाद राष्ट्र संघको संकल्प प्रस्तावको स्मरण गर्दै ती संकल्पहरू पुरा नगर्दा त्यहाँका जनताको धेरै पुस्ताले गम्भीर अन्याय, पीडा भोगेको र यसबाट सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको बताए ।

कार्यक्रममा सहभागीहरूले कश्मीरमा मानवअधिकारको बिग्रँदोे अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनीहरुले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय राजनीतिक र सुरक्षा स्थितिमा सुधार हुनुपर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा पत्रकार, लेखक र विश्लेषकहरू साथै मानव अधिकारकर्मीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ११ : १८ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक