१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रिपरिषद् गठन, पहडिया र दलितको प्रतिनिधित्व शुन्य



जनकपुर । मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफुलाई चिनाउने भएको छ ।

माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारीले सपथ लिएसँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्सीय पुग्ने भएको हो ।

यसअघि भागबन्डामा कुरा नमिले पछि सरकारमा सहभागी नभएको माओवादी केन्द्रवाट २ जना सहभागी हुने सहमति भएको छ । सहमति भएसँगै आजै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण १ बजे राखिएको माओवादी संसदीय दलका नेता भरतकुमार साहले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल०का सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रीमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो । माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् । जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रीमण्डल रहेको छ ।

सरोजकुमार यादव नेतृत्वको सरकारमा भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी रामसरोज यादवलाई दिईएको छ । मधेस प्रदेश कार्यालयका अनुसार सञ्जयकुमार यादव अर्थ मन्त्रालयमा, बसन्तकुमार कुशवाहा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, महेशप्रसाद यादव शिक्षा बिज्ञान, प्रबिद्यि तथा बाणिज्य मन्त्रालयमा, सुरिताकुमार शाह सामाजिक विकास मन्त्रालयमा, शत्रुघनप्रसाद सिंह गृह तथा सञ्चार मन्त्रालयमा, सिंगासन सा कलबार खानेपानी तथा उर्जा मन्त्रालयमा, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारीमा छन भने मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा छन् ।

यसगरी, बनको राज्य मन्त्रीमा अन्सारी थपिएसँग मधेस सरकारमा राज्यमन्त्रि मात्रै ४ जना पुगेका छन । जसअनुसार शेख अबुल कलाम आजाद सामाजिक विकास मन्त्रालयमा केशव राय गृहमा, सञ्जयकुमार यादव भुमी ब्यवस्थामा, कृषि तथा सहकारी मन्त्रालयमा छन् ।

पहाडिया समुदाय र दलितको नेतृत्व शुन्य

पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले आफनो सरकार हुदाँ झन्डै ३० प्रतिशत भन्दा बढी जनसंख्या ओगेटेको गैर मधेसी (पहाडिया) र दलित समुदायवाट एकजना पनि जम्बो मन्त्रिमण्डलमा समावेश गरिएको छैन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : १५ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा