८ कार्तिक २०८३, आइतबार | October 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिदैँ, नागरिक उन्मुक्तिले निर्णय नलिदाँ रावल अप्ठयारोमा



धनगढी । सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन ।

संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।

प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताईएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन् । जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन् ।

नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको