१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै



बागलुङ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ । विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन् । अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ ।

पदमार्ग निर्माणमा हालसम्म रु ६० लाख खर्च भएको छ । प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए । “मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो”, उनले भने। काठेखोला–६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ । निर्माणका लागि स्थानीयले जनश्रमदान गर्दैछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन् । पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए । पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ । बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिर नजिकै गुुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : १६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण