२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो ।

प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।

रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो ।

तर, प्रदेशसभा सचिवालयले सूचना जारी बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन । नागरिक उन्मुक्तिसंँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाडौँमै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने नदेखिएपछि आजको बैठक स्थगित गरिएको हो । बैठक स्थगित गरिएकोमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थिगित गरेको हो । मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बिहीबारसम्म विश्वासको मत पाउन नसकेको स्थितिमा प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ५३ बजे

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद