१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो ।

प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।

रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार विश्वासको मत लिने प्रदेशसभा बैठकको कार्यसूची थियो ।

तर, प्रदेशसभा सचिवालयले सूचना जारी बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन । नागरिक उन्मुक्तिसंँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाडौँमै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने नदेखिएपछि आजको बैठक स्थगित गरिएको हो । बैठक स्थगित गरिएकोमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थिगित गरेको हो । मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बिहीबारसम्म विश्वासको मत पाउन नसकेको स्थितिमा प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ५३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो