६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टा सारियो



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक ५ बजेसम्मका लागि स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक २ घण्टा पछि सारिएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार बिहिवार साँझ ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।

उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ । राप्रपाले भने सरकारमा सहभागि नहुने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत हासिल गर्ने प्रयासमा मुख्यमन्त्री शाह रहेका छन् ।

यद्यपि, सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना कम देखिएको छ ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : ०३ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न