६ पुस २०८२, आइतबार | December 22, 2025

राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउँछौं : गगन थापा



काठमाडौं । नेपाली कांँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले उठाउने उम्मेदवारलाई हराउन आफुहरुले सबै प्रयास गर्ने बताए ।

‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोशिस गर्छौं । लाग्छौं लाग्छौं ।’, एमाले अध्यक्ष ओलीको आखाँ नलगाउन भन्ने प्रसंगलाई सम्झिँदै थापाले भने, आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछांै । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं ।’

एमालेको कार्यकर्ता राष्ट्रपति बन्दा मुलुकमा संवैधानिक बढ्ने डर रहेको उनले बताए । वर्तमान राष्ट्रपतिका कारण आफुहरुमा त्यस्तो डर पलाएको उनको जिकिर थियो ।

थापाले अहिले एमालेको नेतृत्वले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कठपुतली हुने दाबी गरे । राष्ट्रपतिमार्फत समानान्तर शक्ति अभ्यास गर्न एमालेले चाहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको