६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै



बुटवल । विश्वमा सर्वाधिक चर्चामा रहेको खेल र खेलाडीको परिचय बनाएको लन टेनिस खेल यस वर्ष बुटवलमा हुने भएको छ । फागुन ६ देखि १० सम्म बुटवलमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ आयोजना हुने भएको हो ।

रुपन्देही लन टेनिस संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला लन टेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढि खेलाडीहरु विभिन्न उमेर समुहमा भाग लिने निश्चित भएको बताए ।

ज्ञवालीका अनुसार पुरुष एकल खुला ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि पुरुष ६५ माथि गरि कुल १२ इभेन्टमा प्रतियोगिता संचालन हुने छ । प्रतियोगिताको पुरुष र महिला सिंगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार र १० हजार रुपैया ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष ज्ञवालीले बताए । उनका अनुसार डबल तर्फ पुरुष डबल र महिला डबल उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स डबल्सतर्फ ३५र४५र५५र६५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैया तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान गरिएको ज्ञवालीले बताए ।

विश्व खेल जगतमा चर्चित खेल भएपनि केही वर्ष पहिले सम्म यो खेल नेपालमा काठमाण्डौ र पोखरामा केन्द्रित रहेको थियो । पछिल्लो एक दशकमा रुपन्देहीमा समेत लन टेनिसको खेल र खेलाडी विकास भैरहेको उनले बताए । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पुर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको उल्लेख गर्दै राजधानी पछिको लन टेनिसको हवकारुपमा रुपन्देही बन्दै गरेको ज्ञवालीले दाबी गरे ।

विसं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटोसमयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समुहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको उनले बताए ।

रुपन्देही लन टेनिस संघले लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरु बीच वार्षिक कार्ययोजना बनाएर राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको पाँचौ संस्करण बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा देविनगर लन टेनिस कम्प्लेक्समा हुने आयोजकले जनाएको छ । प्रतियोगिताले बुटवलको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने ज्ञवालीले दाबी गरे

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ३४ बजे

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ