२१ मंसिर २०८२, आइतबार | December 8, 2025

नेपालीभाषीलाई ‘विदेशी’ भन्ने भारतीय सर्वोच्च अदालतको निर्णय विरुद्ध सिक्किममा हडताल



काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ।

जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् ।

हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो।

काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पुर्ण समर्थन गरेका छन्।

यस अघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो।

तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भईरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : १० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब