२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

नेपालीभाषीलाई ‘विदेशी’ भन्ने भारतीय सर्वोच्च अदालतको निर्णय विरुद्ध सिक्किममा हडताल



काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ।

जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् ।

हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो।

काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पुर्ण समर्थन गरेका छन्।

यस अघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो।

तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भईरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ४ : १० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै