१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

ग्लोबल आइएमईले ल्यायो ‘मेरी उनीलाई’ मुद्धती खाता योजना



काठमाडौ । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको हो ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ ।

दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ ।

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ ।

यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ । साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ ।
यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्धती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय समयमा यस्ता योजनाहरु ल्याएर बचतकर्ताहरुलाई लाभान्वित गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ५७ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने