१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अमेरिकाले नेपाललाई गरेको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ छैन : समान्था पावर



काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक स्वार्थ नरहेको बताएकी छिन् ।

नेपाल भ्रमणको अन्तिम दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पावरले नेपाललाई दिँदै आएको सहयोगमा भूराजनीतिक स्वार्थबाट प्रेरित नरहेको बताएकी हुन् । उनले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको बताइन । उनले भनिन, ‘अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक स्वार्थको उत्पादन होइन । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो । यो देशका जनताको कल्याणका लागि दसकौंदेखि गर्दै आएको कामले पनि प्रमाणित गरेको छ ।’

पावरले अमेरिकाले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको जानकारी समेत दिइन । नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा अमेरिकाले हेरेको उनले बताइन ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३४ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको