११ असार २०८३, बिहिबार | June 25, 2026

अमेरिकाले नेपाललाई गरेको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ छैन : समान्था पावर



काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक स्वार्थ नरहेको बताएकी छिन् ।

नेपाल भ्रमणको अन्तिम दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पावरले नेपाललाई दिँदै आएको सहयोगमा भूराजनीतिक स्वार्थबाट प्रेरित नरहेको बताएकी हुन् । उनले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको बताइन । उनले भनिन, ‘अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक स्वार्थको उत्पादन होइन । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो । यो देशका जनताको कल्याणका लागि दसकौंदेखि गर्दै आएको कामले पनि प्रमाणित गरेको छ ।’

पावरले अमेरिकाले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको जानकारी समेत दिइन । नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा अमेरिकाले हेरेको उनले बताइन ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३४ बजे

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा