८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए। उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।”

बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे ।

“तपाईहरूको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो विमानस्थलप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछ”, उनले भने ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिएका छन् । सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उनले आग्रह गरे । मन्त्री किराँतीले तुलनात्मकरूपमा सुधार भएकामा विमानस्थलको टोलीलाई धन्यवाद दिँदै बाँकी काम चाँडो टुङ्ग्याउन आग्रह गरेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : ०९ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष