१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रवि लामिछानेको राहदानीमाथि सरकारी वकिलको कार्यालयले थाल्यो छानबिन, मगायो कागजात



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।

युवराज पौडेल (सफल)ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाइएको छ ।

लामिछानेले झुटो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएपछि कार्यालयले तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएको हो । ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउनेछ ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि १३ माघमा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुपरेको थियो ।

अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै पौडेलले लामिछानेमाथि कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका हुन् ।

कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले लामिछानेमाथि मुद्दा चलाउनु पर्ने नपर्ने निर्क्योल गर्नेछ । यदी मुद्दा चलाउनु पर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ४२ बजे

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको