१८ श्रावण २०८३, सोमबार | August 4, 2026

डार्सिसको नयाँ शो-रुम बुटवलको ट्राफिकचोकमा



बुटवल । डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको शो-रुम बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहना र ब्राण्ड कम्पनीका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार ट्राफिक चोकमा आधुनिक साजसज्जाका साथ शो-रुम सञ्चालनमा ल्याएको जनाएको छ ।

करिब दश वर्ष अगाडी राजमार्ग चौराहामा विभिन्न सामानहरुसहितको शोरुम सञ्चालन गरेको डार्सिसले शुक्रबारबाट चस्मा, घडी र पर्फयुम (सेन्ट) मात्र राखेर नया ढंगले सोरुम सुरु गर्न लागेको सञ्चालक विकास पाण्डेले जनाएका छन् । पाण्डेका अनुसार बुटवलमा डार्सिस सोरुममा विश्व चर्चित रे-वन, टाईटन, सिको, पोलार तथा फोसिल कम्पनिका घडी, सन ग्लास र पर्फयुमहरु राखिएको छ । उनका अनुसार विदेश गएर आएका र स्वदेशमा रहेका उपभोक्ताहरुलाई व्राण्डेड कम्पनिका सामानहरु सहजै रुपमा उपलब्ध गराउने लक्ष्य लिएर उक्त सो रुम खोलिएको हो ।

यस क्षेत्रमा ती कम्पनिहरुको एक मात्र आधिकारिक डिलरका रुपमा सञ्चालनमा आएको शो-रुममा न्यूनतम रु. १४ हजारदेखि ६० हजारसम्म मुल्यका रे-वनका सन ग्लासहरु रहेको पाण्डेको भनाई छ । सो रुममा अन्य कम्पनिका पनि ओरजिनल सामान मात्र राखिएको उनको भनाई छ । वजारमा व्राण्डेड सामान प्रयोग गर्न चाहाना राख्ने उपभोक्ताहरुलाई चिन्न र पाउन गाहे पर्ने आवस्थालाई आफ्नो शो-रुमले सहजिकरण मात्र गर्ने काम गरेको पाण्डे बताउछन् ।

बुटवलमा होटल, हुक्का व्यवसाय पनि चलाइरहेको डार्सिस घडी र चश्मालाई व्यवस्थित रुपमा वजारीकरणमा लागेको सञ्चालक पाण्डे बताउछन् । उनका अनुसार बुटवलका उपभोक्ताहरुलाई कतिपय ब्राण्डेड सामान किन्नका लागि काठमाडौं वा इन्डियामा पुग्नु पर्ने बाध्यता रहेको देखेर त्यसलाई सहजीकरण गर्न डार्सिसले विगत १० बर्ष अगाडीबाट काम थालेको हो ।

नयाँ सञ्चालनमा आएको शो-रुममा हाल करिव डेढ करोडको लगानी भएको र उपभोक्ताहरुको चाहाना एवं आवश्यक्ता अनुसार लगानी गर्दै जाने पाण्डेले बताएका छन् । नेपालमा यी कम्पनिहरुका आधिकारिक डिलरहरु काठमाडौं, पोखरा र बुटवलमा मात्र रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ६ : ०४ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क