२३ असार २०८३, मंगलबार | July 7, 2026

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसुची तयार भएकाे जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रिभोजको समेत आब्हान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गईसकेको छ ।

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुदैँ छिन ।  उनी नेपालको पहिलो महिला राष्ट्रपति पनि हुन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ३७ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज