७ आश्विन २०८३, बुधबार | September 23, 2026

जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा



काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् ।

केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरु संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।

गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ ।

यसको भोलिपल्ट शुक्रबार बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति मात्र होइन जनमत पार्टी पनि सहभागी भए ।

आइतबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संयन्त्रको बैठक बसिरहेको छ । जसमा उन्मुक्ति र जनमतका नेता सहभागी छैनन् ।

जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज