१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पामिर एकेडेमीले मनायो १५ औं वार्षिकोत्सव



तिलोत्तमा । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा-२ रुपन्देहीले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले मुलुकको बदलिदो परिवेशसँगै शिक्षा नीतिमा पनि आमुल परिवर्तन गर्नु पर्ने खाँचो औंल्याए । तिलोत्तमा नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर बजेट र नीति कार्यक्रम तर्जुमा गरेको उल्लेख गर्दै गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिएर विद्यार्थीहरुलाई व्यावहारिक र सीपयुक्त बनाउनुपर्ने उनले बताए ।

उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गिण विकास गर्ने भन्दै यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरे । पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास असम्भव भएकाले स्थानीय तहले शैक्षिक गुणस्तर वृद्धि सँगसँगै लगानी बढाउनुपर्ने बताए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिलबहादुर भट्टराईले शैक्षिक गुणस्तरमा निजी विद्यालयको ठूलो योगदान रहेको बताउँदै शिक्षा क्षेत्रमा स्थानीय सरकारले पनि प्राथमिकताका साथ लगानी बढाउँदै लगेको बताए ।

अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले शैक्षिक स्तर सुधारमा टेवा पुग्ने भएकाले यसका लागि तीनै पक्ष जवाफदेही र जिम्मेवार हुनुपर्ने बताए । विद्यालयका अध्यक्ष मोहन चापागाईंले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

त्यस अवसरमा पुर्व विद्यार्थीको प्रतीक्षा खराल, टोल विकास समितिका अध्यक्षहरुको तर्फबाट नरबहादुर कार्की, शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका प्राचार्य चण्डिप्रसाद पाण्डे, अभिभावकको तर्फबाट शंकर पाण्डे, अक्षयकोषदाता रामबहादुर खड्का, शिक्षकद्वय केशव खनाल, नविन शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने गरीव तथा जेहेन्दार विद्यार्थीका लागि विद्यालयमा अक्षयकोष स्थापना गरी सहयोग गर्ने रामबहादुर खड्कालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने २०७५ सालको नतीजामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै तेक्वान्दो खेलाडी बालबालिकालाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो ।

एकेडेमीले ग¥यो जनप्रतिनिधि, टोल विकास संस्था र युवा क्लवलाई सम्मान

एकेडेमीले विद्यालयको शैक्षिक विकासमा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयले आफ्नो १५ औं वार्षिकोत्सको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

विद्यालयले तिलोत्तमा-२ का वडाअध्यक्ष डिलबहादुर भट्टराईसहित चारजना वडा सदस्यहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको हो । त्यस्तै वडा नम्बर २ मा रहेका ११ वटा टोल विकास संस्थाका अध्यक्ष तथा दुईवटा युवा क्लवलाई समेत सम्मान गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । सम्मानित हुने युवा क्लवमा नवज्योती युवा क्लवका अध्यक्ष दिपेश कंडेल र जागृती युवा क्लवका अध्यक्ष विदुर केसी रहेका छन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईं र प्राचार्य गोपाल गौतमले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ०१ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै