१६ असार २०८३, मंगलबार | June 30, 2026

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा शनिबारदेखि खेलकुद कार्यक्रम



बुटवल । नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा शनिबारदेखि नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ । दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बश्यालले रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको मैदान, खेलाडी दर्ता लगायत सबै तयारी पूरा भएको बताए । वि.सं. २०६८ सालदेखि हरेक वर्ष हुँदै आएको खेल सप्ताह २०७७ र २०७८ कोरोना महामारीका कारण रोकिएको थियो ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले संघीयतासंगै विद्यालयस्तरमा हुने धेरै प्रतियोगिता ओझेलमा परेको बताए । तीन तहकै सरकारको खेलमा ध्यान जान नसकेको दुःखेसो गर्दै निजी क्षेत्रकै भरमा खेलकुद चलेको उनले दावी गरे ।

केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ, प्रदेशका सहसचिव जेबी क्षेत्री, सल्लाहकार तिलक केसी, उपाध्यक्ष बिलप्रसाद गुरुङ, सचिव बाबुराम बन्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित वर्षभरि नै कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा संयोजक विनोद थापामगरले शैक्षिक क्यालेन्डर बनाएर कार्यक्रम गर्दै आएको बताए ।

सब जुनीयर, जुनीयर र सिनीयर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । सब जुनीयरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुनेछन् । जुनीयरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । सिनीयरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् ।

विद्यालयबाट उत्कृष्टता हासिल गरेका २९ वटा विद्यालयका सब जुनीयरतर्फ २ सय ३२, जुनीयरतर्फ ३ सय ९२, सिनीयरतर्फ ५ सय ४० जना तथा सिनीयरतर्फ कक्षा ११ र १२ को रिले छात्रछात्रा ईभेन्टतर्फ ४० गरी १ हजार २ सय ४ जना विद्यार्थीहरुले खेलमा भाग लिने छन् । संघमा आवद्ध रुपन्देहीका ५७ विद्यालयमध्ये यो वर्ष २९ विद्यालयका २३ हजार २ सय बढी विद्यार्थीबाट विजेता भएर छनौट खेलाडीहरुले भाग लिनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि सब जुनीयर टिमलाई ३ हजार रुपैयाँ, जुनीयर टिमलाई ५ र सिनीयर टिमलाई ७ हजार रुपैयाँ सहभागी शुल्क राखिएको उनले बताए । दुई दिन चल्ने प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान आयोजकको छ । आठौमा देवदह ईङलिस बोर्डिङ स्कुल विजयी भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ३१ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी