७ माघ २०८२, बुधबार | January 21, 2026

भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुईजनाको मृत्यु



भक्तपुर। भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं। ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं।१५÷२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक काठमाडौ शंखरापुर नगरपालिका वडा नं। ५ पालुवारी बस्ने बर्ष ४० को शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उता, जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं। ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ८९१२ नं। को बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं। को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाँउपालिका वडा नं। ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं। २ ईताछे बस्ने बर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ०८ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका