२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भाइरल

हाईकु कथा



सुर्खेत, भेरी नदी किनारको जङ्गल । जङ्गलको स्वघोषित राजा,शाही ठकुरी । समाजको दृष्टिमा राउटे । छड्के गादो, मैला जिउमा मैला लुगा । घुमन्ते कविला जिन्दगी । जङ्गलमै बस्ने । जङ्गलमै कमाउने । जङ्गलमै खाने । जङ्गलमै रमाउने । गुना बाँदरको शिकार गर्ने ।

उघ्रिँदै गरेको समय । परिवर्तनकामी बाह्य समाज । पुख्र्यौली काठ व्यवसाय । वन विनास जोगाउन सरकारले गरेको जङ्गल फणानीमा प्रतिवन्ध । टुनी रुख काटी कोसी,बाकस आदि बनाएर गाउँबाट अन्न आदि सँग विनिमय गर्न निषेध । बिलखबन्दमा परेका उनीहरु सरकारी भत्तामा मात्र चित्त बुझाउनु असहमत ।

कथाकार

दैलेखबाट स्थानान्तर भएका उनीहरुलाई परिस्थितिले बाहिरी वातावरण र सभ्यताले गाजली र सुमिला शाही नुहाइधोई गरी आदिम भेषबाट आधुनिक भेषमा रुपान्तरित भई गुलावको फूल जस्तै भएर खुलेका बैँसालु सहरी सुन्दरी । खुलेको प्राकृतिक सुन्दरता ।

सञ्चार जगतले अस्तित्वलाई उजागर गरे । विस्तारै सार्वजनिक । भाषामा पनि क्रमश परिमार्जित । भिडिओ स्क्रिनहरुमा लहलह झुल्न थाल्यो,उनीहरुको बैँस । उनीहरुले आफूलाई देखे, अरुलाई देखे । उनको चित्र संसारभरि पुग्यो । उनीहरुलाई बाह्य जगतले देख्यो । आधुनिक भेषमा उनीहरु, फोहोरको डुङ्गुरबाट उम्रिएको सुन्दर,सुवासित फूल जस्तै देखिए । हुँदा हुँदा सामाजिक सञ्जालमा भाइरल हुन पुगिन् ।

समयको प्रवाहले छचल्काएको उनीहरुको बैँसको फल चोर्न एकथरि स्थानीय उद्दण्ड यौनपिपासुहरु सम्मोहित भएर कात्तिके कुकुर झैँ झुम्मिन पुगे ।

दुर्भाग्य । एकदिन,नातामा दिदी बहिनी पर्ने उनीहरुलाई नयाँ संसार देखाउने भनेर होटलमा लगी रक्सी, मासुको स्वादमा डुबाएर बेहोस पारेपछि यौन तुष्टि पूरा गरे । नसाको गाढा सुषुप्तिबाट व्युँझिएपछि उनीहरुलाई जीवनको अन्तिम भिरमा पुगेको आभासले गिजोल्न थाल्यो ।

मानसपटलमा दश रेक्टर स्केलको भूकम्प आयो । घरमा उनीहरुको महामूर्ख निर्दयी विवेकहीन क्रूर समाजले थाहा पाएमा भालाले घोचेर फक्रिएको जिन्दगीलाई समाप्त पारिदिनेछन् । अब हाम्रो जिन्दगी त्यसै पनि सकियो उसै पनि सकियो । त्यहाँदेखि हिँडेका ती दिदी बहिनी अर्कै दिशाको दुर्बोद्य जङ्गलको गर्भभित्र छिरेर विलीन भए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : १३ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री