११ माघ २०८२, आइतबार | January 25, 2026

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकमाथि हातपात गर्ने वरिष्ठ प्रहरी हवल्दार निलम्बनमा परे



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो।

दुबै सदनलाई सम्बोधन गर्न संसद भवनमा राष्ट्रपति आउने क्रममा ट्राफिक व्यवस्थापनको बहानामा सडक किनारमा हिँडिरहेका ट्रमा सेण्टरका चिकित्सकहरुमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थियो । आज बिहनैबाट आन्दोलित चिकित्सकहरुको माग सम्बोधन गर्दै वरिष्ठ प्रहरी हवल्दारलाई निलम्बन गरिएको प्रहर।ीले जनाएको छ । यद्देपी सुरक्षा र बाटो खाली गराउने नाममा प्रहरीलाई बल प्रयोग गर्न निर्देशन दिने अधिकारीले उन्मुक्ति पाएको आन्दोलनरत एक चिकित्सकले बताए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ५३ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)