१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमाले रुपन्देही-२ को निर्वाचन परिचालन समिति घोषणा, ९०१ सदस्यीय कमिटीसहित कार्यालय उद्घाटन



बुटवल । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै औपचारिक रूपमा निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा क्षेत्रीय अध्यक्ष कृषि पाण्डेको अध्यक्षतामा कार्यालय उद्घाटन तथा समिति घोषणा गरिएको हो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा राजु गुरुङ चयन भएका छन् भने आर्थिक परिचालन समितिको संयोजकको जिम्मेवारी एजाज आलमलाई दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले अब रुपन्देहीमा भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्रमुख प्राथमिकता रहने बताए । उनले रुपन्देहीको भौतिक विकास देशका लागि सिकाइको नमुना बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने स्पष्ट पारे ।

पौडेलले आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर मत दिन आग्रह गरे ।

त्यस्तै समानुपातिकतर्फका उम्मेदवार एजाज आलमले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । सामाजिक सेवामार्फत जनतासँग जोडिएको अनुभव सुनाउँदै उनले रुपन्देहीको विकास र देशको समृद्धिका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको दाबी गरे । उनले परिवार र पार्टी सदस्यलाई संगठित गर्न सके एमाले निर्वाचनमा सहजै विजयी हुने विश्वास व्यक्त गरे ।

निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठले रुपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैं प्रतिबद्ध भएर लागेको स्मरण गराए । उनले जनताको सुख-दुःखमा एमाले सधैं साथमा रहेको भन्दै यस पटक पनि एमालेको पक्षमा मत दिन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता गरेका क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेले निर्वाचनमा सबै नेता-कार्यकर्तालाई एकढिक्का बनाएर परिचालन हुन आग्रह गर्दै पार्टीलाई विजयी गराउन संगठित रूपमा अभियानमा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : ०१ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’