३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

त्रिभुवन विमानस्थलबाट ३५ किलो चरेससहित चार जना थाई नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन्। त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ुअनअराइभल भिसाु लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ०० बजे

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने

प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई