८ पुस २०८२, मंगलबार | December 23, 2025

‘पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठ्यो’



बुटवल । पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठेको बुटवलमा क्रियाशिल सम्पादक स्तरका पत्रकारहरुले ठहर गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कको आयोजनामा शनिबार रुपन्देहीका प्रतिनिधिमूलक सम्पादकहरुसँग समसामयिक पत्रकारिताको बारेमा आयोजित छलफल कार्यक्रममा बोल्ने सम्पादकहरुले पेशालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरु पेशागत रुपमा अनुशासित हुनुपर्नेमा जोड दिए ।

उनीहरुले राज्यको चौथौ अंगको रुपमा स्थापित पत्रकारिता पेशा समाजको ऐना र नागरिकको अभिन्न अंग भएकाले पत्रकारिता भित्रको विकृतिलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सम्पादकहरुले छलफलमा पेशागत रुपमा नेपाली पत्रकारिताकोस्तर खस्केको भन्दै चिन्ता समेत व्यक्त गरे । सामाजिक सञ्जाललाई चुनौतीका रुपमा लिएर त्यसलाई अवसरका रुपमा ग्रहण गर्ने गरि सञ्चारगृहहरुले काम गर्नुपर्ने उनीहरुको भनाई छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारितामाथि मानिसहरुको विश्वास कम भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले स्वार्थका लागि पत्रकारिता गर्न नहुने उल्लेख गर्दै पत्रकारिता भित्रका विसंगतीको भण्डाफोर गर्न आवश्यक रहेको बताए ।

पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष एंव सल्लाहकार शेरबहादुर केसीले पेशागत रुपमा नेपाली पत्रकारिता कमजोर बन्दै गएकाले समाजमा पत्रकारिताको विश्वासनीयता बढाउने गरी खोज पत्रकारिता आवश्यक रहेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पेशागत मर्यादा पालना गरेर मात्र पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्कालगायतले पत्रकारिताको मर्यादालाई कायम राखी विश्वासनीयता बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : २१ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र