४ चैत्र २०८२, बुधबार | March 19, 2026

‘पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठ्यो’



बुटवल । पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न उठेको बुटवलमा क्रियाशिल सम्पादक स्तरका पत्रकारहरुले ठहर गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कको आयोजनामा शनिबार रुपन्देहीका प्रतिनिधिमूलक सम्पादकहरुसँग समसामयिक पत्रकारिताको बारेमा आयोजित छलफल कार्यक्रममा बोल्ने सम्पादकहरुले पेशालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरु पेशागत रुपमा अनुशासित हुनुपर्नेमा जोड दिए ।

उनीहरुले राज्यको चौथौ अंगको रुपमा स्थापित पत्रकारिता पेशा समाजको ऐना र नागरिकको अभिन्न अंग भएकाले पत्रकारिता भित्रको विकृतिलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सम्पादकहरुले छलफलमा पेशागत रुपमा नेपाली पत्रकारिताकोस्तर खस्केको भन्दै चिन्ता समेत व्यक्त गरे । सामाजिक सञ्जाललाई चुनौतीका रुपमा लिएर त्यसलाई अवसरका रुपमा ग्रहण गर्ने गरि सञ्चारगृहहरुले काम गर्नुपर्ने उनीहरुको भनाई छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारितामाथि मानिसहरुको विश्वास कम भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले स्वार्थका लागि पत्रकारिता गर्न नहुने उल्लेख गर्दै पत्रकारिता भित्रका विसंगतीको भण्डाफोर गर्न आवश्यक रहेको बताए ।

पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष एंव सल्लाहकार शेरबहादुर केसीले पेशागत रुपमा नेपाली पत्रकारिता कमजोर बन्दै गएकाले समाजमा पत्रकारिताको विश्वासनीयता बढाउने गरी खोज पत्रकारिता आवश्यक रहेको बताए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पेशागत मर्यादा पालना गरेर मात्र पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्कालगायतले पत्रकारिताको मर्यादालाई कायम राखी विश्वासनीयता बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : २१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन