७ माघ २०८२, बुधबार | January 21, 2026

टर्की भूकम्प : १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार



काठमाडौं । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए ।

खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए ।

सोमबारको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार १९२ पुगेको छ ।

भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निमार्ण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं, टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा ध्यान दिईरहेका छन् ।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : १२ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा