१० असार २०८३, बुधबार | June 24, 2026

टर्की भूकम्प अपडेट : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी



इस्तानाबुल । टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा २१ जनालाई हिरासतमा लिईसकेको छ ।

भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन् ।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।

यस अघि सरकारले भुकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनिहरुले भुकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्टचार गरेका कारण बिशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् । ठेकदारले भुकम्म प्रतिराेधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकाले पछि निमार्ण कम्पनि र त्यसका ठेकेदारहरुलाई तिब्र गतिमा पक्राउ गर्न थालिएको हो ।

भूकम्पका क्रममा टर्कीका हजारौं बिशाल भवनहरू भत्किन पुगेका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ५७ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया