२३ असार २०८३, मंगलबार | July 8, 2026

नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका



काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।

सोमबार बिहान १०:३० मा काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । सो छलफल पछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन  । पराराष्ट सचिबले दिएको लन्च पछि भारतीय बिदेश सचिबले परराष्ट्र मन्त्री  बिमला राईसँग द्वि-पक्षिय भेटघाट गर्नेछन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : १५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको