२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राजधानीमा यातायात मजदुरको आन्दोलन उग्र बन्दै, मंगलबारबाट उपत्यकामा सवारी ठप्प पार्ने चेतावनी



काठमाडौँ । ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध यातायात व्यवसायी तथा मजदुरहरूले शुरु गरेको आन्दोलन उग्र बन्दै गएको हो ।

काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् । पार्किङ निषेध देखि ट्राफिक जरिवाना समेत एक्कासी बढाएको भन्दै आन्दोलनकारीले आज बिहानै देखि बालाजु बाईपासबाट शुरु गरेको आन्दोलन उग्र बन्दै गएको हो ।

आन्दोलनरत मजदुरहरुले बालाजु क्षेत्रमा प्रहरीको भ्यानमा आगजनी गरेका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

आन्दोलनलाई उग्र बनाउँदै लगेका उनीहरुले मंगलबार देखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका छन् । आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै मजदुरहरुले मंगलबार देखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ११ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष