२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

नेकपाका कार्यकर्तालाई सडक आन्दोलनमा जान बाटो खुल्यो



बुटवल । प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावका विरुद्ध बुटवलमा जारी आन्दोलनमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताहरुलाई बाटो खोलिदिएको छ ।

नेकपाको रुपन्देही जिल्ला कमिटी, बुटवल उपमहानगर कमिटी तथा स्थानीय पालिका स्तरीय कमिटीहरुले प्रदेश राजधानीका सम्बन्धमा जारी आन्दोलनमा एक्यबद्धता जनाएपछि कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागि हुने बाटो फुकेको हो ।

आफ्नै पार्टीको सरकारले ल्याएको राजधानी सार्ने प्रस्तावका विरुद्ध जान हुने वा नहुने विषयमा रुपन्देही र यस आसपासका पार्टी कार्यकर्ताहरु अन्यौल भएको अवस्थामा सरकारले प्रस्ताव ल्याएको तेस्रो दिन पार्टीले कार्यकर्ताको अन्यौलता हटाईदिएको छ ।

नेकपाको रुपन्देही जिल्ला कमिटीले विज्ञप्ति प्रकाशित गरेर जनताको आक्रोशलाई स्वाभाविक भनेको छ भने बुटवल उपमहानगर कमिटीले विज्ञप्ति प्रकाशित गर्दै नागरिक आन्दोलनमा एक्यबद्धता प्रकट गरेको छ ।

नेकपाको सैनामैना, तिलोत्तमा नगर कमिटीहरुले पनि आन्दोलन प्रति एक्यबद्धता व्यक्त गरेका छन् । नेकपा महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पनि आन्दोलनप्रति नैतिक समर्थन जनाएका छन् ।

संसदभवनमा कडाई

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस तथा राजधानीका लागि आन्दोसलत बिभिन्न संघ संस्थाहरुले सोमबारको आन्दोलनलाई संसदभवनमा केन्द्रित गर्ने घोषणा गरेपछि प्रदेश नम्बर ५ को प्रदेशसभा भवन क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

सोमबार बिहानै देखि नेपाल प्रहरी र सशसत्र प्रहरीको ठुलो संख्या संसदभवन परिषरमा परिचालन गरिएको छ ।

रुपन्देहीमा प्रहरी जनशक्ति कम भएको भन्दै प्रदेशका अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी रुपन्देहीमा मगाईएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४९ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट