३० श्रावण २०८३, शनिबार | August 15, 2026

ब्याजदरबिरुद्धको आन्दोलन : उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा बित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरे पछि उद्योग बाणिज्य महासंघले बैंक तथा बित्तिय संस्थाको ब्याजदर बिरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो, तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादर बिरुद्ध मुल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।

‘बैक तथा बित्तिय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखी १८  प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दैै बैकिङ आतंक बिरुद्ध आन्दोलन जारी रहने जनाएका हुन । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पुर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौं, संघर्ष समितिको शान्तिपुर्ण बिरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष समितिको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : ३६ बजे

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध