७ माघ २०८२, बुधबार | January 21, 2026

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : १९ बजे

म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम

सुनको भाउमा अभूतपूर्व वृद्धि, तोलामा एकैदिन १० हजार चार सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

पोखरा । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका