६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट



रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मोर्निङ वक गर्दै चुनावी गतिविधि सुरु गरेका छन् ।

मोर्निङ वकका क्रममा संयोजक प्रचण्डले जनयुद्धका बेला ऐतिहासिक रूपमा रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थलको अवलोकन गरेका छन् । हाल उक्त स्थानमा युद्ध संग्रहालय निर्माण गरिएको छ । अवलोकनका क्रममा उनले जनयुद्धसँग जोडिएका ऐतिहासिक स्थललाई अझ व्यवस्थित र संरक्षणयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोर्निङ वकपछि संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको औपचारिक सुरुवात गरेका छन् । घरदैलोका क्रममा उनले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमालगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट तथा संवाद गरेका थिए ।

सहिद परिवारसँगको भेटमा उनले जनयुद्धका सहिदहरूको सपना आफूले नबिर्सिएको उल्लेख गर्दै उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न राज्यस्तरबाट पहल गरिएको बताए । उनले जनयुद्धका सहिदहरूको सम्मानमा सरकारले थालनी गरेका कामहरू अझ सुदृढ बनाउँदै थप अधिकार स्थापित गर्न आफू निरन्तर सक्रिय रहेको स्पष्ट पारे ।

संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि तयार गरिएको जानकारी पनि दिए ।

मोर्निङ वक र घरदैलो अभियानकै क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । स्थानीय जनतासँगको संवादमा उनले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ३२ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका