२० मंसिर २०८२, शनिबार | December 6, 2025

दशौं दीप गायन तारा फागुन ४ र ५ गते



बुटवल रुपन्देहीको बुटवल ८ सुख्खानगर स्थीत दीप बोडिङ हाइ स्कूलको आयोजनामा दशौं जिल्ला स्तरीय अन्तर मा. वि. दीप गायन तारा प्रतियोगिता यही फागुन ४ र ५ गते हुने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

जिल्लाका ५० विद्यालय प्रतियोगितामा सहभागिता हुने विद्यालय प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए । विद्यालयले विगत १२ वर्षदेखी रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको उनले बताए ।

विद्यालयको ४२ औं स्थापना दिवसको अवसरमा फागुन ४ र ५ गते कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने गरी दशौं जिल्ला स्तरीय अन्तर मा।.वि. दीप गायन ताराको आयोजना गरिएको उनको भनाइ छ ।

४ गते प्रथम चरण हुनेछ भने दोस्रो चरण ५ गते हुनेछ । पहिलो चरणमा प्रतियोगीले विना ट्र्याक गीत गाउनु पर्नेछ भने यस चरणबाट उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनौट गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए । त्यस्तै प्रथम चरणबाट छानिएका उत्कृष्ट १५ जनाले ट्र्याकसहित गीत गाउनुपर्ने उनले बताए । त्यसबाट उत्कृष्ट १० जनालाई अन्तिम चरणका लागि छनौट गरिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजारका साथ सिल्ड, मेडल तथा द्दितिय हुनेले नगद रु २० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यसैगरी तृतीय हुनेले नगद रु १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । साथै दुई जनालाई नगद रु २ हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पाण्डेयले बताए ।

दिप गायन तारा प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे र कुशल आचार्य गरी जम्मा नौ जना विद्यार्थीहरू विजेता भईसकेका छन ।

दीप बोडिङ हाइ स्कूल २०३७ फागुन ५ गते स्थापना भएको संस्थागत विद्यालय हो । यस विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको छ ।

विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापी कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजवाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराते, कबड्डी लगायत विभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ५९ बजे

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)