२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा बुटवल-११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल-११ ले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४७ ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६६ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण सेनले १५, सुमन थापाले १२ तथा पदम मुखियाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुटवल-११ का सुदन श्रेष्ठले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ७ विकेट लिए । यस्तै, अशोक पौडेलले २ तथा एजाज अहम्मदले १ विकेट लिए ।

प्रतिउत्तरमा ६७ रनको सामान्य लक्ष्य पछ्याएको बुटवल-११ ले ७.२ ओभरमा ३ विकेट गुमाउँदै ६९ रन बनाई जित निकाल्यो । उसको जितमा विवेक शर्माले १९, विभेष खातीले नटआउट १३ र अशोक पौडेलले अविजित ११ रनको योगदान दिए । बलिङमा बुटवल युथका पदम मुखियाले २ तथा सन्तोष परियारले १ विकेट लिए । बुटवल-११ का सुदन मुखिया म्यानअफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गते सम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ३६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब