२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अराजकता नियन्त्रण गर्न सांसदहरुको माग



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उहाँले सदनले ध्यानाकर्षण गराइन । सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन माग गरे । सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेको खुसी व्यक्त गरे । उनले लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको बताउनुभयो ।

सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराए । नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन माग गरे । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पालगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ५९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै