७ माघ २०८२, बुधबार | January 21, 2026

रुख काट्न अनुमति नदिँदा सडक अधुरै



लेटाङ । पथरी-जाँते-ज्यामिरे सडकमा पर्ने जङ्गल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ । विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो ।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रु ५४ करोड ४८ लाखको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो । विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ । पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ ।

सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए । समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन् । जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो । सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दूरीको सडक पनि यही नै हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा