७ माघ २०८२, बुधबार | January 21, 2026

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन



लमजुङ । यहाँ निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।

“आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ”, उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पु¥याउनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् ।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पु¥याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : ३४ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा