७ माघ २०८२, बुधबार | January 21, 2026

विहारको मीरगञ्ज पुल सञ्चालन हुँदा नेपाली उद्योगी व्यापारी खुशी



भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् ।

लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रुपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरङ व्यापार सङ्घको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रुपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायतको सामग्री बोकेका मालबाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ ।

उक्त पुल सञ्चालनपछि एक सय १६ किलोमिटरको दूरी अब अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालबाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ । यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसिपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।

विभागले अब तेस्रो मुलुकबाट आउने, जाने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक रुपमा सुरु भएको छ ।

व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गे आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो ।

यस अघिको २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसिपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो ।

पुल पूर्ण रुपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालबाहक सवारीसाधन भारतीय कष्टम हुँदै विराटनगर आइसिपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालबाहक सवारी भीमनगर हुँदै एक सय १६ किलोमिटर घुमेर आउँदा रू १६ हजार अतिरिक्त भाडा तिर्नु पर्दथ्यो ।

अब एक वर्षमा व्यवसायीले रू ११ करोड ५२ लाख बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने रू २२ अर्ब ५० करोड बराबारको कारोबारमा गिरावट आएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : १८ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा