२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारकोे खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स-११ लाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मास्टर्स-११ ले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि आदित्य त्रिपाठीले ३८, इमरान खानले ३४, जितेन्द्र शाहनीले ३० र दिनेश अग्रवालले १२ रन बनाए ।

बलिङमा बुटवल राइनोजका अलदिप कुँवरले ४, शिव कुँवरले २ तथा सुन्दर आले, अमर श्रेष्ठ र अरविन सारुमगरले समान १-१ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको बुटवल राइनोजले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसको जितमा अरविन सारुमगरले ३८, शैलेन्द्र यादवले ३७ र सुरज सारुमगरले नटआउट ११ रनको योगदान दिए ।

बलिङमा मास्टर्स-११ का दिनेश अग्रवालले ३ तथा सामोत पौडेल, अनिल जैसवार, सचिन राजभर र इमरान खानले समान १-१ विकेट लिए । बुटवल राइनोजका अलदिप कुँवर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ३५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब