३० बैशाख २०८१, आइतबार | May 12, 2024

युवालाई गाउँमै रोक्न निःशुल्क लोकसेवा र शिक्षा सेवा आयोगको तयारी कक्षा



गुल्मी । युवालाई गाउँमै रोक्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थायी जागिरका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा संचालन गरिएको हो ।

पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।

कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । सहभागी प्रशिक्षर्थी मञ्जु पुन आफूहरू यही कुरा सिक्न तम्घास, बुटवल र काठमाडौँ जान नपरेकामा खुसी छिन् । अर्का प्रशिक्षार्थी ईश्वरी पौडेलले गाउँपालिकाको रचनात्मक कामबाट आफूहरू गाउँमै बसेर अभिमुखीकरणका कक्षा लिन पाएको बताए । सहभागी प्रशिक्षार्थीले यस्तै कक्षा आगामी दिनमा पनि चलाउनुपर्ने बताएका छन् ।

प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहेका छन् । गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताए । “हाम्रो भूगोलबाट निजामती र शिक्षक कर्मचारीमा कम आकर्षण छ”, उनले भने, “बाध्यताले बाहिर पढ्न जाने बाध्यताको अन्त्य गरेका हौँ ।” उनले पहिलो चरणमा निःशुल्क कक्षा सकिए पनि थप कार्यक्रम ल्याउने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : २८ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को