८ चैत्र २०८२, आइतबार | March 22, 2026

सन्तोषजनक काम नगर्ने ठेकेदार कम्पनी विरुद्ध सडक डिभिजन बुटवल ‘एक्सन’मा, १२ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी



काठमाडौं । समयमा काम नसक्ने, सम्झौता अनुसार गुणस्तरिय काम नगर्ने तथा ठेक्का लिएर काम नै नगर्ने ठेकेदार कम्पनीका विरुद्ध सडक डिभिजन बुटवल एक्सनमा उत्रिएको छ । डिभिजन कार्यालयले एकै पटक काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनी विरुद्ध एक्सन लिँदै ठेक्का किन नतोड्ने ? भन्दै स्पष्टीकरण सोधेको छ ।

कार्यालयबाट बिहीबार प्रकाशित सूचनामा ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको छ । सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन भनिएको छ । विश्वसनीय स्पष्टीकरण नभए थप प्रक्रिया अगाडि बढाइने सडक डिभिजनको चेतावनी दिएको छ ।

कार्यालयको १५ दिने स्पष्टीकरणमा परेका ठेकेदार कम्पनीहरुमा बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौं, द कन्चनजंघारबिरुवा जेभी काठमाडौं, निलगिरि÷नेशनल जेभी काठमाडौं, मृत संजिवनी निर्माण सेवा प्रालि हेटौंडा, बोखिम शान्ति जेभी काठमाडौं, खाम्पाचे शेर्पा निर्माण सेवा प्रालि काठमाडौं रहेका छन् ।

त्यसैगरी चण्डी÷सिद्धबाबा जेभी रुपन्देही, थापा कन्स्ट्रक्सन प्रालि नवलपरासी, समिर–मर्चवार जेभी रुपन्देही, मजदुर कन्स्ट्रक्सन सुर्खेत, सफिक निर्माण सेवा रुपन्देही र वाइड एंगल निर्माण सेवा भक्तपुरलाई पनि १५ दिने स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणमा परेका कम्पनीहरुले बेलहिया–बुटवल सडक, तिनाउ नदी–मैनिहवा, दानव नदी पुल–छपिया बजार, भुमही खोला पुल–पेपरमिल बाइपास रोड, भैरहवा परासी भुमही सुनौली बाइपास, धागो कारखाना योगीकुटी तामनगर सडक, राजमार्ग चौराहा मेडिकल कलेज योगिकुटी तपाहा लाइन शिवपुर तिलोत्तमा सडक, बुटवल कोठी र चिडियाखोला सिद्धबाबा सडकखण्डमा काम गर्ने गरि ठेक्का सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : ४४ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड