१ आश्विन २०८३, बिहिबार | September 17, 2026

नेपालको दियालो र भारतको जनजलबीच सम्झौता, प्रविधि आदान प्रदान मार्फत खानेपानी क्षेत्रका चुनौती समाधान गरिने



काठमाडौ । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ ।

सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ । सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पती व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ भने दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ ।

साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने सहमति पनि भएको छ । यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरिय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ ।

नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो ।
करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । त्यसैगरी जनाजल प्रविधि मार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो ।

कम्पनीले भारतभर ८ सय भन्दा बढि वाटर एटिएम । वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दछ । जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्म मार्फत निगरानी गरिन्छ । कम्पनीको जनजल वाह (वाटर अन ह्ील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ । जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरू स्थापना, सञ्चालन र मर्मत संभार गर्न र थप घरघरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ । जनलले नेपालमा पनि विकेन्द्रीकृत वाटर एटीएम र वाटर अन ह्ीलको सञ्चालन कार्य विस्तार गरेसँगै वाटर एटिएमबाट पाइने सुविधाका साथै रोजगारी सिर्जना गर्न, मानिसलाई सामाजिक उद्यमशीलताका अवशरहरु प्रदान गर्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ३ : ५७ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको