१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गर्न दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य



काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रा.लि. र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेड बीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुने बताइएको छ ।

सम्झौता पत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरे ।

यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको दियालो टेक्नोलोजिजले जनाएको छ । दियालाके अनुसार साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधानगर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिनेछ ।

दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको दियालो टेक्नोलोजिजले दाबी गरेको छ । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ३४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्