६ पुस २०८२, आइतबार | December 22, 2025

रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका लागि ईश्वर क्षेत्रीले ३८, आदित्य बन्जाडेले २१, प्रदीप भण्डारीले १८, गगन अधिकारीले १७ र सन्देश भण्डारीले १० रन बनाए ।

बलिङमा सैनामैनाका करण विकले ४, सुनिल पौडेलले ३, ज्ञानेश गौतमले २ र अशोक विकले १ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ६१ रनको लक्ष्य पछ्याएको सैनामैना ३१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५९ रनमै रोकियो र १ रनले हार ब्यहोर्यो । उसका लागि विशाल रानाले ३७, करण विकले २८, विक्रम गौतमले २४, विशाल डुम्रेले १४ र बसन्त खड्काले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

बलिङमा गोलपार्कका युवराज सुवेदी र प्रदीप भण्डारीले समान ३-३ विकेट लिए । यस्तै, नवजीवन क्षेत्रीले २ तथा आदित्य बन्जाडे र ईश्वर क्षेत्रीले १-१ विकेट लिए । गोलपार्कका युवराज सुवेदी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ४२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको